Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


इरानमाथि सैन्य कारबाही थप तीव्र बनाउने राष्ट्रपति ट्रम्पकाे चेतावनी

‘पिकएक्स माउन्टेन’माथि पनि अमेरिकाले निगरानी बढाएको उल्लेख

26
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाही थप तीव्र बनाउने चेतावनी दिनुभएकाे छ।

राष्ट्रपति ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँगकाे बैठकमा यस्ताे चेतावनी दिनुभएकाे हाे । बैठकमा उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, संयुक्त चीफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केन, सीआईएका निर्देशक जोन र्याट्क्लिफ तथा ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफलगायत उच्च अधिकारी सहभागिता रहेकाे थियाे ।

बैठकअघि फक्स न्युजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका आगामी तीन दिनभित्र इरानमाथि अझ शक्तिशाली आक्रमण गर्ने बताउनुभएकाे हाे । उहाँले ‘पिकएक्स माउन्टेन’माथि पनि अमेरिकाले निगरानी बढाएको उल्लेख गर्नुभएकाे छ। त्यहाँको पहाडमुनि इरानले आणविक कार्यक्रमसँग सम्बन्धित गतिविधि गरिरहेको समेत दावी गर्नुभयाे।