काठमाडौं । त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि आत्मदाहको कारण ज्यान गुमाएका मुगुका गणेश नेपालीको अन्त्येष्टि भएको छ ।
मृतकका परिवारले साेमबार जिल्ला प्रहरी वृत्त कालीमाटीमा जाहेरी दर्ता गराएपछि शव बुझेर पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका हुन् । जाहेरीमा कसैलाई पनि प्रतिवादी किटान गरिएको छैन । काठमाण्डौ महानगरपालिकाका नगर प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि घटना भएको थियो ।
यसअघि आइतबार राति नेपालीका परिवार र सरकारबीच सहमति भएको थियो । सहमति अनुसार घटनाको सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिने भएको छ ।









प्रतिक्रिया दिनुहोस्