Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


हर्मुज जलमार्ग व्यावसायिक जहाजको आवागमनका लागि खुला रहेको राष्ट्रपति ट्रम्पको दावी


13
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरे पनि उक्त जलमार्ग व्यावसायिक जहाजहरूको आवागमनका लागि खुला रहेको दावी गर्नुभएकाे छ।

एनबीसी न्यूजको ‘मिट द प्रेस’ कार्यक्रममा टेलिफोनमार्फत दिएको अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले यस्ताे दावी गर्नुभएकाे हाे । राष्ट्रपति ट्रम्पले पछिल्लो सैन्य तनावपछि अर्को सूचना नभएसम्म हर्मुज जलमार्ग बन्द गर्ने इरानले घोषणा गरेको उल्लेख गर्नुभयाे । तर, उक्त जलमार्गमा जहाज आवागमन भने जारी रहेको उहाँकाे जिकिर छ ।

राष्ट्रपति ट्रम्पले अमेरिका र इरानबीच केही समय अघि भएको वार्ताको पनि उल्लेख गर्नुभयाे । इरान शुरुमा एउटा उत्तम सम्झौतामा सहमत भएको उहाँकाे भनाइ छ। जसमा आणविक कार्यक्रमसहित विभिन्न विषयमा सहमति बनेको उहाँकाे दावी थियाे । यद्यपि, अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले इरानसँगको तनावकाे बारेमा थप टिप्पणी गर्न भने अस्वीकार गर्नुभएकाे छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो प्राथमिकता हालै निधन भएका रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमप्रति श्रद्धाञ्जली व्यक्त गर्नु रहेको बताउनुभयाे।