Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


बझाङमा बोलेरो जिप दुर्घटना, ठूलो मानवीय क्षतिको आशंका


520
Shares

बझाङ। बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरे क्षेत्रमा शनिबार दिउँसो बोलेरो जिप करिब ३०० मिटर तल खस्दा ठूलो मानवीय क्षतिको आशंका गरिएको छ।

प्रहरीका अनुसार जिपमा १५–१६ जना सवार रहेको प्रारम्भिक जानकारी छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धारका लागि स्थानीय परिचालित भएका छन् भने हेलिकप्टरमार्फत उद्धारको तयारी भइरहेको छ।