Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


अमेरिका–इरानबिचको युद्धविराम समाप्त भइसक्यो : ट्रम्प


949
Shares

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरानबिचको युद्धविराम समाप्त भइसकेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल टु«थ सोसलमार्फत राष्ट्रपति ट्रम्पले युद्धविराम सकिएपनि इरानले कुराकानी जारी राख्न चाहेमा वार्ता जारी रहने बताउनुभएको हो ।

पछिल्लो समय दुवै देशबिच अन्तरिम युद्धविराम सम्झौता भएको थियो। केही दिनयता इरानले समुद्री मार्गबाट आवतजावत गर्ने जहाजहरूमाथि फेरि बमबारी सुरु गरेको अमेरिकाले पनि आक्रमणलाई निरन्तरता दिएको छ । राष्ट्रपति ट्रम्पले यसलाई सम्झौताको उल्लङ्घन र युद्धविराम समाप्त भएको सङ्केत भनेका छन् ।

जसका कारण थप तनावको स्थिती उत्पन्न भएको हो । दुई देशबीच भएको सम्झौतामा दुवै देशले शान्ति कायम राख्नुपर्ने र इरानले हर्मुज जलडमरू मार्गबाट आवतजावत गर्ने जहाजहरूमाथि हमला रोक्नुपर्ने उल्लेख थियो।

यो बदलाको भावना र दुवैतर्फबाट निरन्तर भइरहेका हमलाका कारण दुई देशबिचको शान्ति सम्झौता पूर्ण रूपमा टुटिसकेको छ र अब पश्चिम एसियामा ठूलो युद्धको सम्भावना देखिएको छ ।