काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले गणेश नेपालीको मृत्युको घटनामा गम्भीर र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ ।
संघीय संसद भवन परिसरमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद खरेलले यस विषयमा संसदमा समेत आवाज उठाएको जानकारी दिनुभएकाे हाे । मुलुकमा रोजगारीको अभाव र अवसरहरूको कमीका कारण युवाहरूमा चरम निराशा बढ्दै गएको उल्लेख गर्नुभएकाे छ।
उहाँले गणेश नेपालीलाई आम युवाहरूको सङ्घर्षपूर्ण अवस्थाको प्रतिनिधि भएको बताउनुभयो । सांसद खरेलले जस्तोसुकै तर्क गरे पनि यस घटनामा मृतक नै सही भएको जिकिर गर्दै पीडित परिवारलाई न्याय दिलाउन सरकार तत्पर हुनुपर्ने बताउनुभएकाे छ।
सांसद खरेलले सरकारमाथि आफ्नो भरोसा र विश्वास रहेको बताउँदै यस प्रकरणलाई गम्भीरतापूर्वक लिएर निष्कर्षमा पुर्याउन आग्रह समेत गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्