काठमाडौं । सरकारले यहि असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ ।
परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस्ताे बताउनुभएकाे हाे । सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले नयाँ प्रणालीबाट वितरण शुरु गर्न लागको बताउनुभयाे । उहाँले राहदानीको प्रणाली हाल परिवर्तन गरिएको बताउनुभएकाे छ।
नयाँ प्रणालीको तयारी मन्त्रालय र विभागबाट करिब पूरा भएको बताउनुभयो । त्यसपछि केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहनसक्ने भएपनि राहदानी सेवा, सहज, नियमित र सुचारु रहने अपेक्षा गरिएको प्रवक्ता क्षेत्रीको भनाइ छ ।
नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यसअन्तर्गत रहेको राहदानी विभाग प्रतिवद्ध रहेको पनि बताउनुभयो । उहाँले सरकारको नीतिअनुरुप राहदानी सेवालाई समय सापेक्ष, भरपर्दो, प्रविधिमैत्री बनाउन र नागरिकलाई सहजै यो सेवा उपलब्ध गराउने दिशामा तीन वटा कदम लिएको बताउनुभयो ।
प्रवक्ता क्षेत्रीले छापिएका राहदानीहरु शिघ्र सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्याउन हुला विभागसँग सम्झौता भइसकेको बताउनुभएकाे छ। जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया शुरु भएको पनि उहाँले जानकारी दिनुभयो । जसले जनमैत्री सेवा प्रवाह हुने सरकारको विश्वास छ।
जो जहाँ बसेको भएपनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि काम भइरहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्