काठमाडाैं । म्याग्दीमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् भने घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
धौलागिरी गाउँपालिका-७ फेदीखोलास्थित सडकखण्डमा बा ७७९५ नम्बरको जिप र ग ३ च ३३१४ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।
मंगलबा दिउँसो ३ बजेतिर बा ७७९५ नम्बरको जिप घुम्तीमा पल्टिएर अर्को जिपमामाथि खसेको थियो। जिप दुर्घटनामा ग ३ च ३३१४ नम्बरका जिप चालक पर्वतको जलजला गाउँपालिका-८ का अनिल नेपाली गम्भीर घाइते भएका छन्।
प्रहरीकाअनुसार दुर्घटनामा म्याग्दीको धौलागिरी गाउँपालिका-३ का २७ वर्षीय धुर्व पुन (चालक), वडा नम्बर ७ की १७ वर्षीया रबिना सिर्पाली, ७४ वर्षीय सुनबिर रसाइली, ७८ वर्षीया ख्याउटी रसाइली, ४० वर्षीया धना कुमारी सुनार, ६३ वर्षीय दलबहादुर र २६ वर्षीया कल्पना सुनार घाइते भएका छन्।
यस्तै दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका-५ बस्ने ५२ वर्षीय भिमसेन पुन पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ।









प्रतिक्रिया दिनुहोस्