Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


सुनचाँदीको मूल्य घट्याे


0
Shares

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य घटेको छ।

शुक्रबार तोलामा सात हजार दुई सय रूपैयाँले बढेको सुनको मूल्य आइतबार भने प्रतितोला चार सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी शुक्रबार तोलामा चार हजार ६ सय १५ रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी आइतबार चार हजार ६ सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ४ हजार एक सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।