काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम साहले यसबारे जानकारी दिनुभएको हो ।
नयाँ सरकार बनेको सय दिन पुगेको अवसरमा सिंहदरबारमा शनिवार आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले संविधान संशोधनको मस्यौदा तयार गर्ने कार्यदलले आफ्नो काम गरिरहेको बताउनु भयो । उहाँले कार्यदलले सरोकारवाला निकाय, संविधानविद् र विभिन्न राजनीतिक दलहरुसँग छलफल गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संविधान संशोधनको मस्यौदा तयार गर्ने कार्यदलले आफ्नो काम गरिरहेको छ । यसमा अब असारको मसान्त भित्रमा यसको प्रतिवेदन बुझाउने सम्माननीय प्रधानमन्त्री समक्ष बुझाउने हाम्रो कार्यक्रम रहेको छ । हामीले विभिन्न सरोकारवाला निकाय, संविधानविद्देखि लिएर सबै जनासँग हामीले छलफल गरेका छौँ । विभिन्न राजनीतिक दलहरूसँग छलफल गरिरहेका छौँ र अब हामी एउटा लगभग प्रतिवेदन लेखन–लेखन तिरको अवस्थामा आइपुगेका छौँ र त्यो तयार भइसकेपछि हामीले यसको जानकारी गराउँछौँ ।’ संयोजक साहले प्रतिवेदन लेखनको चरणमा कार्यदल प्रवेश गरेको पनि बताउनु भयो ।









प्रतिक्रिया दिनुहोस्