Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


फिफा विश्वकप : केप भर्डेमाथि संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश


897
Shares

काठमाडाैं । फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ ।

शनिबार बिहान हार्ड रक स्टेडियममा भएको राउन्ड अफ ३२ को प्रतिस्पर्धात्मक खेलमा नवप्रवेशी केप भर्डेलाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि रक्षाको यात्रालाई कायमै राखेको हो।

निर्धारित ९० मिनेटको समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । खेलको २९औँ मिनेटका अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा फर्काएका थिए । त्यसपछि दुवैतर्फबाट थप गोल नभएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको ९२औँ मिनेटमा अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजले गोल गर्दै टोलीलाई २–१ गोलको अग्रता दिलाए । त्यसपछि १०३औँ मिनेटमा केप भर्डेका सिड्नी काब्रालले गोल फर्काउँदै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

तर, खेलको १११औँ मिनेटमा केप भर्डेका डाइनी बोर्जेसको आत्मघाती गोलसँगै अर्जेन्टिना ३–२ गोलको जितसँगै अन्तिम १६ मा प्रवेश गरेको छ । अब अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्टसँग खेल्नेछ ।