Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको सभापति लामिछानेकाे दावी

संघीय संरचनालाई थप नागरिकमैत्री र प्रभावकारी बनाउनुपर्नेमा जोड

0
Shares

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको दावी गर्नुभएकाे छ।

सिंहदरबारमा शुक्रबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे । उहाँले आफूले पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुच गरेको राजनीतिक प्रतिवेदनमा कतै पनि प्रदेश संरचना खारेजीको विषय समावेश नगरिएको जिकिर समेत गर्नुभएकाे छ। रास्वपाले प्रदेश खारेजीको प्रस्ताव कतै पनि नराखेको दावी गर्दै प्रदेश संरचनालाई प्रभावकारी बनाउन ‘रेट्रोफिट’ गर्नुपर्ने विषयमा छलफलको प्रस्ताव गरिएको उल्लेख गर्नुभयाे।

सभापति लामिछानेले प्रदेश संरचनाको प्रभावकारिताकाे बारेमा बहस गर्ने आवश्यकता सबै राजनीतिक दलले महसुस गरेको कारण रास्वपाले बहसको प्रस्ताव मात्र गरेको बताउनुभएकाे छ। सरकार–रास्वपा लोकतान्त्रिक व्यवस्था र संघीयताको पक्षमा रहेको भए पनि संघीय संरचनालाई थप नागरिकमैत्री र प्रभावकारी बनाउनुपर्नेमा उहाँकाे जोड थियाे ।