काठमाडाैं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले विद्युतीय सवारी साधनलाई प्रोप्साहित गर्ने नीति ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले यस्ताे बताउनुभएको हो । सांसद थापाले सरकारले विद्युतीय सवारी साधनमाथि लगाइएको करको बोझले त्यसलाई उठनै नदिने अवस्था रहेको आरोप पनि लगाउनुभयो । उहाँले सरकारको बजेटको व्यवस्था नगर्दा बुढीगण्डकी जलविद्युत आयोजनालगायतका राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढन नसकेको पनि उल्लेख गर्नुभएकाे छ।
सांसद थापाले सरकारले विद्युत उत्पादन, वितरणको आवश्यक व्यवस्था गर्न नसकेको पनि बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्