Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


कांग्रेसकाे संस्थापन इतर समूहकाे बैठक आज बस्दै


0
Shares

काठमाडौं । नेपाली कांग्रेसकाे संस्थापन इतरका नेता पूर्णबहादुर खड्काले शुक्रबारका लागि आफूनिकट समूहका नेताको बैठक बाेलाउनुभएकाे छ।

नेता खड्का निवास गोल्फुटारमा शुक्रबार दिउँसो २ बजेदेखि बैठक बस्न लागेको हो । छलफलमा कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहित शीर्ष नेताको सहभागिता रहने छ । बैठकले काठमाडौंमा आयोजना गरिने राष्ट्रिय भेलाको तयारीबारे ठोस निर्णय लिने एक नेताले बताएका हुन् ।

बैठकमा सात बुँदे जवाफ र त्यसपछि विकसित राजनीतिक परिस्थितिकाे बारेमा पनि समीक्षा गरिने भएकाे छ । विशेष महाधिवेशनबाट गगन थापा सभापति भएपछि नेता खड्काले समानान्तर बैठक राख्दै आउनुभएकाे हाे ।