Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


हेल्पिङ ह्यान्डद्वारा ३ करोडको स्वास्थ्य उपकरण नगर अस्पताललाई हस्तान्तरण


455
Shares

सर्लाही सर्लाही जिल्लाकाे बयलवासमा रहेको नगर अस्पताललाई हेल्पिङ ह्यान्डले तीन करोड रुपैयाँ बराबरको औजार उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

ईश्वरपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुगेन्द्र महतोले २१३ प्रकारका उपकरण र स्वास्थ्य सामग्री प्राप्त भएको जानकारी दिनुभयो ।

अस्पताललाई प्राप्त सामग्रीमध्ये मुख्य–मुख्य सामग्री नगर अस्पतालमा प्रयोग गरिने र बाँकी स्वास्थ्य चौकीहरुलाई प्रदान गरिने नगरप्रमुख मनोजकुमार आचार्यले बताउनुभएको छ ।

ग्रामीण भेगमा रहेको ईश्वरपुर नगरपालिकासहित आसपासका पालिकामा बसोवास गर्ने स्थानीयले आफ्नै ठाउँमा व्यवस्थित स्वास्थ्य उपचार र सुविधा पाउन सकुन् भन्ने उद्देश्यसहित तीन करोड रुपियाँको सामग्री प्रदान गरिएको हेल्पिङ ह्यान्डका कार्यक्रम व्यवस्थपक जीवप्रसाद पोखरेलले जानकारी दिनुभयो ।