Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको आदेश


442
Shares

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतले आदेश दिएकाे छ ।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेललाई आज म्याद थपका लागि सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा पेस गरेको थियो ।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको अनुमति दिएको हो । उनलाई आदेश बमोजिम न्यायिक हिरासतमा राख्न पठाइएको छ ।