काठमाडाैं । श्रम संस्कृति पार्टीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्वन गर्ने विश्व फुटबल महासंघ (फिफा) को निर्णय फिर्ता गराउनका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गरेकाे छ।
प्रतिनिधिसभा बैठकमा बोल्दै साेही पार्टीका प्रमुख सचेतक आर्यन राईले यस्ताे माग गर्नुभएकाे हाे । उहाँले नेपाली राष्ट्रिय टोली तथा क्लबका खेलाडीहरुको भविष्य जोगाउन पनि सरकारले फिफाले तोकेका सबै शर्त पूर गरी एन्फामाथिको फुकुवा यथाशिघ्र गराउन कूटनीतिक, कानूनी र प्रशासन पहल तत्काल अगाडि बढाउनुपर्ने बताउनुभयो ।
सांसद राईले खेल क्षेत्रमा हस्तक्षेप नहुने गरी आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ। युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद र एन्फाबीच तत्काल उच्चस्तरीय वार्ता गरी फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न अग्रसर हुनुपर्ने सांसद राईको भनाइृ थियो ।
सांसद राईले विद्यमान खेल सम्बन्धि ऐन र फिफाको नियमबीच रहेको अस्पष्टता हटाउने गरी कानूनी व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनुभएकाे छ ।









प्रतिक्रिया दिनुहोस्