एजेन्सी । पाकिस्तान र इरानले क्षेत्रीय शान्ति, संवाद र कूटनीतिकमा आ–आफ्नो दृढता व्यक्त गर्दै विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने प्रतिवद्धता गरेका छन् ।
पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले बुधबार इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई बिदाइ गरेको केही समयपछि एक विज्ञप्ति जारी गर्दै यस्ताे बताउनुभएकाे हाे । आफूहरुले क्षेत्रीय स्थिरता, द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको उहाँले बताउनुभयाे । प्रधानमन्त्री सरिफले अमेरिका र इरानबीच इस्लामवादम समझदारी पत्रमा हस्ताक्षरपछि स्विजरल्याण्डको बर्गेनस्टकमा भएको पहिलो चरणको प्राविधिक वार्ताको समापन पछि यो पहिलो बैठक भएको बताउनुभएकाे छ ।
दुवै पक्षले यस क्षेत्रमा शान्ति र स्थिरता प्रवद्र्धन गर्न आफ्नो साझा प्रतिबद्धतालाई दोहोर्याउँदै वार्ता र कूटनीतिमार्फत बाँकी विषयको समाधानको महत्वलाई जोड दिएको प्रधानमन्त्री सरिफले पुष्टि गर्नुभयाे । शान्ति, प्रगति र समृद्धिका लागि तेहरानसँग नजिकबाट काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै उहाँले पाकिस्तानलाई मित्र राष्ट्र छिमेकी र मध्यस्थकर्ताका रूपमा विश्वास गरेकोमा इरानी नेतृत्वलाई धन्यवाद समेत दिनुभएकाे हाे।
दुवै पक्षले आपसीहितका सबै क्षेत्रमा पाकिस्तान र इरानबीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ पार्न सहयोग विस्तार गर्न सहमत भएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्