Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


चितवनमा जारी रास्वपाकाे प्रथम महाधिवेशनकाे बन्दशत्र आज हुँदै (कार्य-तालिकासहित)

सभापति लामिछानेको राजनीतिक प्रतिवेदनसहित संसोधित विधान अनुमोदन गरिंने

13
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दशत्र मंगलबार हुँदैछ।

महाधिवेशन प्रतिनिधिका विषयमा अन्योल उत्पन्न भएपछि स्थगित बन्दशत्र मंगलबार दिउँसो २ बजेदेखि शुरु हुने भएको हो । त्यसअघि महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य शुरु भएको छ । पार्टीको निर्वाचन आयोगले परिचयपत्र वितरण सकिएपछि बन्दशत्र शुरु गर्ने तयारी गरिएको जनाएकाे हाे । चितवनमा जारी महाधिवेशनमा देशभरबाट आएका करिब ४५ सय प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

मंगलबार बन्दशत्रको शुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुने भएकाे हाे । त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ । बन्दशत्रमा महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रस्तुत गर्ने सङ्गठनात्मक प्रतिवेदनमाथिको छलफलपछि पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराउने तालिका छ ।

विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने तथा छलफल र अनुमोदन गरिने भएकाे हाे । पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने सम्भावित तालिका रहेको छ । त्यस पश्चात् निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने जनाएकाे हाे ।

आइतबार दिउँसो गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दशत्रका कार्यक्रम उद्योग संघको प्रदर्शनी केन्द्रमा भइरहेको छ ।