Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


फिफा विश्वकप : स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी


26
Shares

काठमाडाैं । विश्वकपको समूह ‘सी’ अन्तर्गत भएको खेलमा मोरक्कोले स्कटल्यान्डलाई १-० ले पराजित गरेको छ।

बोस्टन स्टेडियममा भएको खेलमा जितसँगै मोरक्कोले नकआउट संभावना बलियो बनायो। पहिलो खेलमा ब्राजिललाई रोकेर सनसनि मच्चाएको मोरक्कोले दोस्रो खेलमा जित निकाल्दै अंक तालिकामा ४ अंक बनायो। पहिलो खेलमा हाइटीलाई हराएको सक्टल्यान्डको ३ अंक रहेको छ।

पराजयका बाबजुत स्कटल्यान्डको इतिहास रच्दै नकआउट चरणमा पुग्ने सम्भावना अझै कायम छ। अब समूह चरणको अन्तिम खेल बाँकी रहँदा प्रशिक्षक स्टिभ क्लार्कको टोली ब्राजिलविरुद्धको निर्णायक खेल खेल्नु पर्ने छ। स्कटल्यान्डले खेल सुरु भएको केवल ७१ सेकेन्डमै रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै पहिलो गोल खान पुग्यो। इस्माइल साइबारीले गोल गरेपछि अफ्रिका कप अफ नेसन्स विजेता तथा विश्व वरीयताको पाँचौं स्थानमा रहेको मोरक्कोले अग्रता लिएको थियो।

प्रशिक्षक स्टिभ क्लार्कले हैटीविरुद्धको जितपछि टोलीमा केही परिवर्तन गर्दै सेल्टिकका डिफेन्डर कियरन टियर्नीलाई बायाँ मिडफिल्डमा उतारेका थिए। मोरक्कोका कप्तान असरफ हाकिमीलाई नियन्त्रणमा राख्ने उद्देश्यले गरिएको यो रणनीति सुरुमै असफल भयो। ग्रान्ट ह्यान्ली र ज्याक हेन्ड्रीबीचको समन्वय अभावको फाइदा उठाउँदै साइबारीले गोल गर्न सफल भएका थिए।

यो गोलले बोस्टन रंगशालामा ठूलो आशा बोकेर पुगेका स्कटल्यान्डका समर्थकहरूको उत्साह एकाएक मथ्थर बनाइदियो। मोरक्कोले खेलभर प्राविधिक, शारीरिक तथा रणनीतिक रूपमा उत्कृष्ट प्रदर्शन गर्‍यो, यद्यपि उसले स्कटल्यान्डलाई पूर्ण रूपमा दबाबमा राख्न भने सकेन्।

पहिलो हाफको अन्त्यतिर स्कटल्यान्डले बराबरी गर्ने राम्रो अवसर पाएको थियो। जोन म्याकगिनको पोस्ट नजिकको प्रहार भने लक्ष्यभन्दा बाहिर गयो। दोस्रो हाफमा पनि उनले पेनाल्टीको माग गरेका थिए, तर रेफ्री इल्गिज तान्ताशेभले त्यसलाई अस्वीकार गरे।

मोरक्कोले दोस्रो गोलको खोजी जारी राखे पनि ज्याक हेन्ड्रीको अन्तिम क्षणको उत्कृष्ट ब्लक र गोलकिपर एङ्गस गनको उत्कृष्ट बचाउले स्कटल्यान्डलाई खेलमा कायम राख्यो। बिलाल एल खान्नुसको प्रहार गनले रोकेपछि स्कटल्यान्डले राहत महसुस गरेको थियो।