Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


कक्षा १२ को मौका परीक्षाकाे तालिका सार्वजनिक (सूचनासहित)

आगामी साउन २ र ३ गते परीक्षा हुने

91
Shares

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजामा नन् ग्रेडेड अर्थात् (एनजी) प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात् पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

परीक्षा बोर्डले मौका परीक्षा आगामी साउन २ र ३ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुने जनाएकाे हाे। साउन २ गते अनिवार्य अङ्ग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र दुई विषयमा परीक्षा दिनेका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुने भएकाे छ। त्यस्तै, साउन ३ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुने परीक्षा बोर्डले जनाएकाे हाे ।

ग्रेडवृद्धि परीक्षामा सहभागी हुन विद्यार्थीले यहl असार १९ गतेभित्र ८ ;o रुपैयाँ शुल्क बोर्डको खातामा बुझाइसक्नुपर्ने भएकाे छ । यो अवधिभित्र शुल्क बुझाउन छुट भएकाले असार २६ गतेभित्र विलम्ब शुल्कसहित १ हजार ६ सय रुपैयाँ बुझाई सम्बन्धित विद्यालयमार्फत अनलाइन भुक्तानीको भौचर वा प्रमाणित प्रतिलिपिसहित बोर्डको कार्यालयमा आवेदन फाराम बुझाउनुपर्ने भएकाे छ ।

कक्षा १२ को परीक्षाफल शुक्रबार सार्वजनिक भएको हो । परीक्षा बाेर्डले नियमिततर्फ ६९ दशमलव ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकाे जनाएकाे छ । यस पटक नियमिततर्फ ३ लाख ३२ हजार २ सय ४१ विद्यार्थीले परीक्षा दिएकामा २ लाख ३१ हजार ७ सय ७० जना उत्तीर्ण भएका छन् ।

प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रतिविषय १ हजार रुपैयाँका दरले दस्तुर बुझाई आवेदन दिन सक्ने भएका छन् । नतिजा प्रकाशन भएको मितिले ७ दिनभित्र अर्थात् असार १२ गते साँझ ५ बजेसम्म बोर्डको वेबसाइटमार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्ने भएकाे छ ।