एजेन्सी । अमेरिका र इरानबीचकाे जारी युद्ध अन्त्यका लागि भएकाे समझदारीको प्रारम्भिक मुख्य १४ बुँदे मस्यौदा सार्वजनिक भएकाे छ ।
सार्वजनिक मस्यौदामा तत्काल युद्ध अन्त्य गर्ने, एक-अर्काबीचको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने तथा शत्रुतापूर्ण गतिविधि रोक्ने सहमति भएकाे उल्लेख गरिएकाे छ । अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने, समुद्री यातायात पुनः सञ्चालन गर्ने, प्रतिबन्ध फुकुवा गर्ने तथा क्रमशः आफ्ना सैन्य बल फिर्ता लैजाने विषय पनि समावेश गरिएकाे छ ।
त्यसैगरी, इरानको तेल तथा पेट्रोकेमिकल निर्यातलाई छुट दिने, रोक्का सम्पत्ति फुकुवा गर्ने र आर्थिक पुनर्निर्माण तथा विकासका लागि करिब ३ सय अर्ब डलरको सहयोग योजना अघि बढाउने भएकाे हाे । इरानले भने आणविक हतियार नबनाउने प्रतिबद्धता दोहोर्याएको हाे ।
सम्झौतामा दुवै पक्ष ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने समेत उल्लेख गरिएको छ ।
अमेरिका र इरानबीचकाे जारी युद्ध अन्त्यका लागि भएकाे समझदारीको मुख्य १४ बुँदे मस्यौदा सार्वजनिक:










प्रतिक्रिया दिनुहोस्