Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


बागमती प्रदेशको बजेट : ६६ अर्ब ९३ करोड (पूर्णपाठ)


182
Shares

सुबर्ण श्रेष्ठ, हेटौंडा ।

बागमती प्रदेश सरकारले आर्थिक बर्ष २०८३/०८४ को लागी रु ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजारको बजेट आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रस्तुत गर्नुभएको छ ।

सो बजेटमा चालु खर्चमा २२ अर्ब ९२ करोड १९ लाख ३० हजार अर्थात ३४.३१५ तथा पुंजीगत खर्च ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार अर्थात ६५.६९५ खर्च गर्ने बजेट प्रस्तुत गर्नुभएको छ।

बजेटमा प्रदेश भित्र विभिन्न भवन ,सडक ,पुल , लगायतका अन्य सबै भौतिक पुर्बाधारहरु निर्माण गर्न सबैभन्दा बढी ३२ अर्ब लगानी गर्ने भएको छ। बिपन्न बर्गको १००० हजार घर निर्माण गर्न २० करोड रकम बिनियोजन गरेको छ । यसैगरी प्रदेशको ११९ स्थानीय तहलाई ६अर्ब ५१ करोड बित्तीय हस्तान्तरण गर्ने भएको छ।

यसैगरी बागमती प्रदेशको एकीकृत प्रादेशिक संरचना ,प्रदेश सभा भवन ,आवास निर्माण गर्न ५६ करोड ५० लाख रकम बिनियोजन गरेको छ । बजेटमा प्राङगारिक मल कारखाना स्थापना गर्न निजि क्षेत्र र अन्य सरोकार राख्ने लाई स्वीकृति दिने उल्लेख गरिएको छ।गौरीटार स्थित रंगशालामा अन्तर्राष्ट्रिय स्तरको खेलकुद स्टेडियम निर्माण गर्ने उल्लेख गरेको छ।

बागमती प्रदेशका पत्रकारहरुको स्वतन्त्र प्रेसको सम्मानको लागी सामाजिक सुरक्षा कोष र बिमा कार्यक्रमको लागी रु १ करोड बिनियोजन गरेको छ । प्रदेश सरकारले प्रशासनिक खर्च ११५ घटाउन मन्त्रालयहरु १४ बाट घटाएर ८ बनाउने अनावश्यक संरचना खारेज गर्ने र ७०० कर्मचारी हटाउने योजना रहेको बताउनुभयो ।