काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेकाे छ ।
बोर्डले परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेकाे जनाएकाे हाे। बोर्डकी प्रवक्ता जयन्ती सत्यालले उत्तर पुस्तिका परीक्षणको काम सकिएको बताउनुभउकाे छ। इन्ट्री रुजुको काम भइरहेको उहाँकाे भनाइ थियाे ।
सम्भवतः असारको पहिलो हप्ता नभए दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम अघि बढाएकाे उहाँले बताउनुभयाे । कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो । परीक्षामा चार लाख १८ हजार जना विद्यार्थीहरु सहभागी भएका थिए ।










प्रतिक्रिया दिनुहोस्