काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ।
शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र बाँकी हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे। तराई भू-भागमा आंशिक बादल लागेको छ। लुम्बिनी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानहरूमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।
त्यस्तै, शुक्रबार दिउँसो भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ । साथै बाँकी तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली-तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
त्यस्तै, शुक्रबार राति भने कोशी प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । मधेश प्रदेश लगायत तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका पहाडी तथा हिमाली-तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यम वर्षा-हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्