काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको समयसीमाभित्र ५ लाख ३८ हजार ६ सय २२ जनाले एनसीआईडी प्राप्त गरेका छन् ।
यसबाहेक १ लाख ४९ हजार ३ सय ९ जनाले स्वयं अद्यावधिक फाराम पेश गरी अद्यावधिक प्रक्रियामा रहेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएकाे हाे । बिहीबार मध्यराति १२ बजेसम्म सदस्यता अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको थियो ।
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कूल ७ लाख ८२ हजार २ सय ९ सदस्यहरूमध्ये तोकिएको समयमा अद्यावधिक गरेका र प्रक्रियामा सामेल भएकोको कूल संख्या भने ६ लाख ८७ हजार ९ सय ३१ रहेको छ ।
इन्टरनेटको पहुँच भन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्लाहरू, विकट पहाडी भू-भाग, बारा र खोटाङ जिल्ला तथा कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा अद्यावधिक प्रक्रियामा रहेकालाई थप व्यवस्थित गरिने पार्टीले जनाएको हाे।
नयाँ क्रियाशील सदस्यता वितरण कार्य भने अर्को सूचना जारी नभएसम्मका लागि खुल्ला रहने भएको छ ।










प्रतिक्रिया दिनुहोस्