Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्तिका लागि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति घोषणा

कार्ययोजना प्रस्तुतीकरण आगामी असार ४ र अन्तर्वार्ता ५ गते हुने

13
Shares

काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति घोषणा गरिएको छ ।

सिफारिस समितिले बिहीबार राति एक सूचना जारी गर्दै उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति घोषणा गरिएको जनाएकाे हाे । समितिका अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्षको नियुक्ति सम्बन्धी कार्यविधि, २०८३ को दफा १२ (१) बमोजिम छनोट भएका १० जना उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ताको समयतालिका सार्वजनिक गरिएको छ ।

तालिका अनुसार अल्पसूचीमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण आगामी असार ४ गते र अन्तर्वार्ता असार ५ गते हुने भएकाे छ । यी दुवै कार्यक्रमहरू लोक सेवा आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीमा सञ्चालन हुने समितिले जनाएको हाे।