Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


संघीय संसद अन्तर्गत प्रतिनिधिसभाकाे बैठक आज पनि बस्दै (कार्यसूचीसहित)

बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गरिंने

26
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दै छ ।

संसद सचिवालयले बुधबार बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल शुरु गर्ने कार्यसूची रहेकाे जनाएकाे हाे। बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने कार्यसूची रहेकाे छ । अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थप बारे जानकारी गराउने सम्भावित कार्यसूची रहेकाे सचिवालयले जनाएकाे हाे ।

बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयक प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्ने लगायत सम्भावित कार्यसूची रहेकाे छ । यद्यपि प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले सदनमा लगातार अवरोध गरिरहेकोले बुधबारको बैठक पनि कार्यसूचीमा प्रवेश गर्ने या नगर्ने भन्नेमा अन्याेलता रहेकाे छ ।