Logo २६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026


सुनचाँदीको मूल्य बढ्याे


26
Shares

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ।

सोमबार तोलामा ९ सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला दुई हजार रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला तीन लाख एक हजार ९ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला दुई लाख ९९ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी सोमबार प्रतितोला चार हजार ९ सय पाँच रूपैयाँमा कारोबार भएको थियाे । चाँदी मंगलबार तोलामा चार हजार ९ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला २० रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार तीन सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।