Logo २६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026


काठमाडौं महानगरको १९ औं अधिवेशन जेठ ३१ गते हुने


0
Shares

काठमाडाैं । काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यहि जेठ ३१ गते हुने भएको छ ।

महानगरपालिकाकाे मंगलबार बसेको ५० औं नगर कार्यपालिका बैठकले साेही अधिवेशनको मिति तय गरेको हो । जेठको ३१ गते आइतबार बिहान ११ बजे राष्ट्रियसभा गृहमा नगरसभाको पहिलो बैठक बस्ने गरी अधिवेशन गर्ने प्रश्ताव पारित गरेकाे महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले बताउनुभयो ।

त्यसैगरी बैठकले नेपाल भाषाको स्थानीय पाठयक्रम, बाल विकास तथा पूर्वप्राथमिक तहको पाठयक्रम पनि स्वीकृत गरेको छ महानगरपालिका भित्रका विद्यालयहरुको कक्षा ८ सम्म नेपाल भाषाको पठनपाठन हुन्छ । पूर्वप्राथमिक तहमा पनि त्यसलाई लागू गर्नेगरी उक्त पाठ्यक्रम स्वीकृत गरिएको महानगरले जनाएको हाे ।