Logo २६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026


गत २४ घण्टाका घटनाक्रमले कुटनीतिक प्रक्रियालाई थप अस्तव्यस्त बनाएको इरानको दावी


13
Shares

एजेन्सी । इरानको परराष्ट्र मन्त्रालयले गत २४ घण्टामा विकसित घटनाक्रमले तेहरान र वासिङ्टनबीच द्वन्द्व अन्त्यका लागि भइरहेको कुटनीतिक प्रक्रियालाई थप अस्तव्यस्त बनाएको दावी गर्नुभएकाे छ।

मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले साप्ताहिक पत्रकार सम्मेलन गर्दै दावी गर्नुभएकाे हाे । इजरायल र इरानबीच बढ्दो सैन्य तनावका सन्दर्भमा बोल्दै प्रवक्ता बाघेईले दक्षिण लेबनान र बेरुतको दहियाह जिल्लामा इजरायली आक्रमणको प्रतिशोधस्वरूप इस्लामिक रिभोल्युसनरी गार्ड क्रप्स (आईआरजीसी) ले गरेको मिसाइल प्रहारपछिको परिस्थितिको चर्चा गर्नुभयो । उहाँले पछिल्ला हप्ताहरूमा अमेरिकाको विरोधाभासपूर्ण भनाइ र व्यवहारले कूटनीतिक प्रक्रियामा अन्योल सिर्जना गरेको आरोप लगाउनुभएकाे छ।

प्रवक्ता बाघेईले इरानको राष्ट्रिय स्वार्थ र सुरक्षाका लागि आवश्यक परेको खण्डमा सैन्य कारबाहीलाई निरन्तरता दिने स्पष्ट पार्नुभयो । उहाँले इरान र संयुक्त राज्य अमेरिकाबीच सन्देश आदानप्रदानको क्रम भने जारी रहेको जानकारी दिनुभयो ।
यसैबीच, आईआरजीसीले आइतबार लेबनानमा इजरायलले गरेको व्यापक अपराधको जवाफमा उत्तरी इजरायलको रमत डेभिड एयर बेसलाई निशाना बनाएको जनाएको छ ।