Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


श्रम संस्कृतिका अध्यक्ष राईद्वारा अर्थमन्त्री वाग्लेको राजीनामा माग

अर्थमन्त्रीमाथि करका दर हेरफेर र कर सम्बन्धी सूचना लिक गरेको गम्भीर आरोप

130
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गर्नुभएकाे छ।

अध्यक्ष राईले साेमबार राति सामाजिक सञ्जालमार्फत यस्ताे माग गर्नुभएकाे हाे । अर्थमन्त्री वाग्लेमाथि करका दर हेरफेर र करसम्बन्धी सूचना लिक गरेको गम्भीर आरोप लागेको भन्दै पदबाट हट्नुपर्ने माग गर्नुभएकाे छ। यस अघि यो विषय सोमबारै प्रतिनिधिसभाको बैठकमा समेत उठेको थियो। बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले करका दर हेरफेर सम्बन्धी सूचना चुहावट हुनु गम्भीर विषय भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्नुभएकाे थियाे।

त्यस्तै, नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्या अर्यालले आर्थिक विधेयकका १६ पृष्ठ गायब भएको र कर संरचनामै परिवर्तन भएको आरोप लगाउनुभएकाे हाे। यसैबीच, अर्थ मन्त्रालयले संसदमा पेश गरिएको आर्थिक विधेयक र आफ्नो वेबसाइटमा राखिएको संस्करणबीच फरक देखिएको विषयले पनि विवाद थप चर्किएको छ।

संसदमा पेश गरिएको विधेयक र सार्वजनिक गरिएको संस्करणमा पृष्ठ संख्या र कर सम्बन्धी व्यवस्था फरक देखिएको दावी उनीहरुकाे जिकर छ ।