Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ


0
Shares

काठमाडाैं । सुदुरपश्चिम प्रदेश सरकारका नवनियुक्त तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

विक्रम सिंह धामी आर्थिक मामिला मन्त्री, बेलबहादुर राना सामाजिक विकास मन्त्री, मानबहादुर रावलले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पदको शपथ लिएका हुन् ।

त्यस्तै जुना दानीले अर्थ राज्यमन्त्री र मधु भारतीले सामाजिक विकास राज्यमन्त्रीको शपथ लिएका छन् । नेपाली कांग्रेसभित्रको विवाद साम्य पार्न मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।

उता, नेकपा एमालेले पनि मन्त्री फेरबदल गर्ने वा नगर्ने विषयमा विवाद हुँदा एमाले प्रदेश संसदीय दलको कार्यालयमा दलका नेता राजेन्द्रसिंह रावल विरुद्ध नाराबाजी भइरहेको छ ।