Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ८ करोडकाे कारोबार


91
Shares

काठमाडाैं । सोमबार सेयर बजार परिसूचक नेप्से २०.२७ अंकले घटेर दुई हजार ७३५.१४ विन्दुमा पुगेको छ ।







आज बैंकिङ ६, विकास बैंक ५८, होटल तथा पर्यटन ५५, हाइड्रोपावर ३६, जीवन बीमा ६८, उत्पादन ४९, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा ९६, अन्य ३१ र व्यापार उपसमूह ६२ अंकले घटेको छ । त्यस्तै, आज फाइनान्स उपसमूह भने ६ प्रतिशतले बढेको छ ।

आज उपकार लघुवित्तको सेयर ७.१४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि कालिञ्चोक हाइड्रोपावरको सेयर १४.९९ प्रतिशतले बढेको छ । यस दिन ३५६ कम्पनीको ९२ लाख कित्ता सेयर ४ अर्ब ८ करोडमा कारोबार भएको छ ।