काठमाडाैं । एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताकाे तेस्रो स्थानका लागि भएको खेलमा मलेसिया विजयी भएकाे छ।
साेही खेल सिंगापुरको नेश्नल क्रिकेट मैदानमा साेमबार भएकाे खेलमा मलेसियाले ओमानलाई ८ विकेटले पराजित गरेकाे हाे। दोस्रो सेमिफाइनलमा हङकङसँग पराजित भएको मलेसियाले पहिलो सेमिफाइनलमा नेपालसँग पराजित भएको थियाे । तर ओमानमाथि सहज जित हासिल गरेकाे हो ।
पहिला ब्याटिङ गरेको ओमानले दिएको ९१ रनको लक्ष्य मलेसियाले १० ओभरको समाप्तिमा मात्र दुई विकेट गुमाएर भेट्टाएको थियाे। शुरुमा ब्याटिङ गरेको ओमान १९ ओभर २ बलमा ९० रन बनाउँदा अलआउट भएको हाे ।










प्रतिक्रिया दिनुहोस्