Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न विजयी सभापतिकाे (नामावली-सहित)

बाँकी १२ जिल्लाकाे अधिवेशन प्रक्रियामा

26
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न भएकाे छ।

केन्द्रीय संगठन विभागले साेमबार अधिवेशन भएका मध्ये करिब ९० प्रतिशत हाराहारी जिल्लामा निर्वाचन भएको जनाएकाे हाे । विभागले १२ वटा जिल्लामा अधिवेशन प्रक्रियामा रहेको पनि जानकारी गराएकाे छ । जसमध्ये केही जिल्लामा चुनाव भएर मतगणना भइरहेको छ। मधेश प्रदेशका अधिकांश जिल्लामा अधिवेशन हुन बाँकी रहेकाे हाे।

महोत्तरी, रौतहट, सिराहा, पर्सा, सर्लाहीको अधिवेशन निर्वाचनको चरणमा छ। सप्तरी र बाराको अधिवेशन मंगलबार तोकिएको हाे। धनुषाको अधिवेशन बुधबारलाई तय गरिएको छ। सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नेतृत्व चयनमा पुगेर अवरूद्ध बनेको विभागले जनाएकाे हाे।

केन्द्रीय निर्वाचन आयोगले काभ्रेका सांसद मधुकुमार चौलागाईंको नेतृत्वमा निर्वाचन समिति नै बनाएर जिल्ला पठाए पनि त्यसले पनि अधिवेशन गर्न सकेन। रास्वपाका अधिवेशन भएका मध्ये अर्घाखाँची र बर्दियामा महिला नेतृत्व निर्वाचित भएका छन्।