Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएकाेप्रति आरोही संघकाे चिन्ता

सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह

13
Shares

काठमाडौं । सगरमाथा आरोही संघले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेकाे छ।

संघले जसका कारण विदेशी पर्यटकमा नकारात्मक असर परेको जनाउँदै सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको हाे। संघले आइतबार एक विज्ञप्ति जारी गर्दै “ २०८५ साललाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेसँगै हिमाली क्षेत्रमा देखिएको असुरक्षाप्रति आरोही मर्माहत भएकाे जनाएकाे हाे। नेपाल सरकारसमक्ष आफूलाई पर्न गएको समस्याप्रति धारणा सार्वजनिक गर्न सम्पूर्ण आरोहीलाई अनुरोध गरिएकाे छ ।

संघले सगरमाथा आधार शिविरभन्दा माथि कार्यरत ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका–६ स्थायी ठेगाना भएका आरोही ५७ वर्षीय दावा शेर्पाको जीवनमा आइपरेको घटनाप्रति आरोही सङ्घसहित सम्पूर्ण आरोहीको गम्भीर ध्यानाकर्षण गराएको जनाएको हाे । हिमाली क्षेत्रमा कार्यरत आरोहीको सुरक्षाप्रति स‌घ सदैव चनाखो रहने भएको जनाउँदै यस किसिमको दुर्घटनाबाट मानवीय जीवनमा परेको असरप्रति संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएकाे छ ।

साथै शेर्पाको परिवारमा संघले ऐक्यबद्धता जनाउँदै संघले भविष्यमा पुनः यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक कानूनको निर्माण गरिदिनका लागि माग सरकार समक्ष गरेको हाे ।