Logo २३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026


दिल्लीमा भारतीय विदेशमन्त्री जयशंकरसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ ।

दुई देशबीचको प्रतिनिधमण्डलबीच अहिले भेटवार्ता भइरहेको हो । भारतीय विदेशमन्त्री डा. जयशंकरले उक्त भेटवार्ताबारे जानकारी गराएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा नेपाली प्रतिनिधिमण्डलको टोलीलाई स्वागत गर्दै राखेको प्रारम्भिक मन्तव्य पनि सेयर गरेका छन् । परराष्ट्रमन्त्री खनाल औपचारिक भ्रमणका लागि हिजो (शुक्रबार) भारत गएका थिए । भारतीय विदेशमन्त्री डा. जयशंकरको औपचारिक निम्तोमा परराष्ट्रमन्त्री खनाल भारत गएका हुन् ।

परराष्ट्रमन्त्री खनाल २४ जेठ (भोलि) सम्म भारत भ्रमणमा रहनेछन् । उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले यसअघि जनाएको थियो ।

विशेषगरी दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा क्षेत्र र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे छलफल हुने जनाइएको छ ।