काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भ्रमण टोलीसहित उत्तर प्रदेशको अयोध्या पुग्नुभएकाे छ ।
नयाँ दिल्लीमा राजनीतिक भेटघाट र कूटनीतिक संवाद सकेर सभापति लामिछाने नेतृत्वको रास्वपा टोली अयोध्या प्रस्थान गरेको हो। अयोध्या भ्रमणका क्रममा सभापति लामिछानेले नवनिर्मित राम मन्दिरको दर्शन तथा आवद्ध अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएकाे छ ।
सभापति लामिछाने नेतृत्वको टाेली शुक्रबार स्वदेश फर्किने कार्य तालिका रहेकाे रास्वपाका एक नेताले बताए ।










प्रतिक्रिया दिनुहोस्