Logo २२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026


गत २४ घण्टामा २३ सय सवारीचालक नियम उल्लंघन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा

राज्यकोषमा २० लाख ८४ हजार रूपैयाँ राजस्व संकलन

13
Shares

काठमाडौं । गत २४ घण्टामा २ हजार ३ सय सवारीचालक सवारी नियम उल्लंघन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय जसबाट राज्यकोषमा २० लाख ८४ हजार राजस्व दाखिला भएको जनाएकाे हाे ।मादकपदार्थ सेवन गरेका १ सय ४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ४७ र तीव्र गतिमा सवारीसाधन चलाएकाे आराेपमा १ सय ५ जनालाई कारबाही गरिएको प्रहरीले जनाएकाे छ।

त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ५२, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १ सय १३, एकतर्फी सडकमा सवारी चलाउने १ सय ४१ र अन्य सवारी नियम फालना नगरेका एक हजार ३ सय ५ जनालाई कारबाही गरिएकाे ट्राफिक प्रहरी कार्यालयले जनाएकाे हाे ।