काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक आयोजना हुन लागेको यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि आगामी असार १ सम्म चल्ने प्रतियोगिताको खेल तालिका सर्वाजनिक गरेको हो । प्रतियोगिताको पहिलो दिन तीन वटा खेल हुने भएका छन् । कालिञ्चोक क्रिकेट मैदानमा शुक्रबार साढे ८ बजेदेखि हुने पहिलो खेलमा घरेलु टोली कर्णाली प्रदेशले लुम्बिनी प्रदेशको सामना गर्ने भएकाे हाे । सोही मैदानमा शुक्रबारै दिउँसाे २ बजेदेखि शुरु हुने दोस्रो खेलमा बागमती प्रदेश र गण्डकी प्रदेश आमनेसामने हुने भएका छन् ।
कर्णाली प्रदेश रंगशालाको माथिल्लो मैदानमा कोशी र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएकाे हाे । प्रतियोगितामा सहभागी सबै टोलीले एक-अर्कासँग प्रतिस्पर्धा गर्ने भएका छन् । लिग चरणको खेलपछि शीर्ष दुई टोली फाइनल पुग्ने भएका हुन् । प्रतियोगितामा सात वटै प्रदेशको सहभागिता रहने भएकाे छ । यो प्रतियोगितालाई आईसीसी यू–१९ महिला विश्वकपका लागि नेपाली टोली छनोटको आधार मानिएको क्यानले जाएकाे हाे ।
प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । सर्वोत्कृष्ट खेलाडीलाई ४० हजार रुपैयाँ तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने क्यानले जाएकाे हाे ।











प्रतिक्रिया दिनुहोस्