Logo २० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026


१२ सय ९९ जना सवारीचालक ट्राफिक प्रहरीकाे कारबाहीमा

राज्यकोषमा २३ लाख ७१ हजार ४२ रूपैयाँ राजस्व संकलन

13
Shares

काठमाडौं । गत २४ घण्टामा १ हजार २ सय ९९ जना सवारीचालक सवारी नियम उल्लङ्घन गरेको आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्याले जसबाट राज्यकोषमा २३ लाख ७१ हजार ४२ रुपैयाँ राजस्व दाखिला भएको जनाएकाे हाे । ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गरेका १ सय १९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ३४ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय १८ जनालाई कारबाही गरिएको बताएकाे छ ।

त्यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने १ सय १४, निषेधित क्षेत्रमा हर्न बजाउने ९४, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १ सय २०, एकतर्फी सडकमा सवारी चलाउने १ सय ४४ र अन्य सवारी नियम पालना नगरेका एक हजार २ सय ९६ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएकाे हो ।