काठमाडौं । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम रहेकाे छ ।
भारत भ्रमणको तेस्रो दिन बुधबार सभापति लामिछानेले प्रधनमन्त्री मोदीसँग भेट गर्न लाग्नुभएको हो । दुई देशका सत्तारुढ पार्टीका नेताहरुबीचको भेटलाई आपसी हित र जनस्तरको सम्बन्ध सुधार्ने अवसरको रुपमा हेरिएको छ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उभिएर आफ्नो देशले पनि भारतको सीमा मिचेको छ भनेर दिएको अभिव्यक्ति र यसले उब्जाएको तरंगकाबीच सभापति लामिछानेको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ ।
दुई देशबीचको सम्बन्धन, आपसी हित र प्राथमिकता एवं नयाँ सरकारको परराष्ट नीतिकाे बारेमा बुझ्न भारतीय जनता पार्टीले रास्वपा सभापति लामिछानेलाई भारत भ्रमणमा बोलाएको हो । सोमबार दिल्ली पुग्नुभएका सभापति लामिछाने शुक्रबार स्वदेश फर्किने कार्य तालिका रहेकाे रास्छवपाले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्