Logo १७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026


आईपीएल क्रिकेटको उपाधिका लागि आज रोयल बैंगलाेर र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदै

दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा

0
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आइतबार रोयल च्यालेन्जर्स बैंगलाेर (आरसीबी) र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

भारतकाे अहमदावादमा रहेको नरेन्द्र मोदी रङ्गशालामा आइतबार राति पाैने ८ बजेदेखि रोयल च्यालेन्जर्स बैंगलाेर र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे । दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएका छन् । पहिलो क्वालिफायरमा बैंगलाेरले गुजरातलाई पराजित गर्दै फाइनलमा पुगेकाे थियाे ।

साथै दोश्रो क्वालिफायरमा गुजरातले राजस्थान रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे हाे ।आईपीएल क्रिकेटमा यी दुवै टोलीले समान एक पटक उपाधि जितेका छन् । आरसीबी साविक विजेता टोली हो भने गुजरातले सन् २०२२ मा उपाधि जितेको थियो ।

आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि आइतबार विशेष रेल सेवा समेत सञ्चालन गरिएको छ । आईपीएल क्रिकेटमा १० वटा टोली सहभागी थिए ।