काठमाडौं । गत २४ घण्टामा एक हजार ९ सय ९४ जना सवारीचालक सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साेही कारबाहीबाट राज्यकोषमा ५ लाख ४१ हजार ५ सय २ रूपैयाँ राजस्व रूपैयाँ दाखिला भएको जनाएकाे हाे । मादकपदार्थ सेवन गरेका १ सय २७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ४९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय ३ जनालाई कारबाही गरिएको छ ।
त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ३०, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १ सय २८, एकतर्फी सडकमा सवारी चलाउने ९५ र अन्य सवारी नियम पालना नगरेका ९ सय ६२ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएकाे हो ।










प्रतिक्रिया दिनुहोस्