
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश ब्रेट काभानाघले आफूमाथि लागेको यौन हमला आरोपको जोडदार खण्डन गरेका छन् ।
सिनेटको न्यायिक समितिमा बोल्दै उनले सुनुवाइ प्रक्रियामा भएका गतिविधिले आफुलाई अपमानित गरेको टिप्पणी समेत गरेका छन् ।
ब्रेटले डेमोक्रेटिक सिनेटरहरुले राजनीतिक कारणले प्रेरितभइ आफ्नो परिवार र प्रशिद्धिको बर्वादी गर्न खोजेको आरोपसमेत लगाएका छन् ।
आफुमाथि यौन हमला भएको जीकिर गरेकी क्रिस्टिन ब्लैसीले भने ३६ बर्ष अघिको घटनाले आफ्नो जीवनलाई नराम्ररी प्रभावित गरेको बताएकी छिन् ।
स्कुले जीवनमा ब्रैटले आफुमाथि यौन हमला गरेको क्रिस्टिनले आरोप लगाएकी छिन् । नागरिक कर्तव्य निभाउनका लागि घटना भएको यत्तिका बर्षपछि यो विषयलाई उठाएको उनको भनाइ छ ।
राष्ट्रपति ट्रम्ले भने ब्रेटको पक्षमा सिनेटले मतदान गर्नै पर्ने बताएका छन् । नौ सदस्यीय अमेरिकी सर्वोच्च अदालतले अमेरिकी राजनीतिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाहा गर्ने गर्दछ ।
अमेरिकी समाजमा प्रभाव पार्ने गर्भपतन र सरकारी नीति जस्ता विवादास्पद विषयमा सर्वोच्च अदालतका फैसला महत्वपूर्ण हुने गर्दछन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्