काठमाडौं । देशैभर बिहीबारदेखि लगातार ४ दिनसम्म सार्वजनिक बिदा शुरु भएको छ ।
गृह मन्त्रालयको निर्णय र पूर्वनिर्धारित सार्वजनिक बिदाको सूची अनुसार बिहीबारदेखि आगामी आइतबारसम्म देशैभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू पनि बन्द रहने भएका हुन् । जेठ १४ गते बिहीबार इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इद–उल–अज्हा) परेकोले सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ ।
त्यस्तै, जेठ १५ गते शुक्रबार गणतन्त्र दिवस मनाइँदै छ । गणतन्त्र दिवसका लागि पनि सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशति गरी सार्वजनकि बिदा दिने निर्णय गरिसकेकाे हाे । त्यसैगरी, जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार नियमित सार्वजनिक बिदा परेको छ ।
यसरी बिहीबारदेखि आइतबारसम्म लगातार चार दिन सार्वजनिक बिदा परेकाले अब सोमबार मात्र सरकारी कार्यालयहरू खुल्ने भएका हुन् ।










प्रतिक्रिया दिनुहोस्