काठमाडाैं। नेपाल उद्योग परिसंघले सरकारको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन प्रभावकारी देखिएको बताएकाे छ।
परिसंघले मंगलबार नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको सहकार्यमा शुरू गरेको ‘बजेट वाच’को तेस्रो त्रैमासको समीक्षामा बजेट कार्यान्वयनमा सुधार भएको देखिएको जनाएकाे हो । परिसंघले चालुआर्थिक वर्षको बजेटमा समावेश निजी क्षेत्रसँग सम्बन्धित ७४ वटा बुँदामध्ये पूर्ण कार्यान्वयन बढेको पाइएको बताएकाे छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमसम्म ‘बजेट वाच’ मा समेटिएको बुँदामध्ये १७ प्रतिशत पूर्ण कार्यान्वयन भएकामा चालु आर्थिक वर्षको त्यहि अवधिमा २७ प्रतिशत कार्यक्रम पूर्ण कार्यान्वयन भइसकेकाे हाे। परिसंघकाअध्यक्ष वीरेन्द्रराज पाण्डेले चालु आर्थिक वर्षमा राजनीतिक उतारचढाव र सरकार परिवर्तनकाबीच पनि बजेट कार्यान्वयनमा सुधार देखिएको बताउनुभयो ।
साेही अवसरमा पर्यटन क्षेत्र विषयक समूहगत छलफलमा सरोकारवालाहरूले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सहजीकरण र कार्यान्वयन जरुरी भएकाेमा जोड दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्