Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


हेटौँडामा युनिलिभर नेपालको वातावरणीय तथा सामाजिक सबलता परियोजना सुरु


104
Shares

काठमाडाैं । युनिलिभर नेपाल ले राडो नेपाल सँगको सहकार्यमा हेटौँडा–३ बसामाडीस्थित सिमलथली समुदायमा “सरोकारवालाको सहभागितामार्फत वातावरणीय तथा सामाजिक सबलता निर्माण” परियोजनाको औपचारिक शुभारम्भ गरेको छ।

स्थानीय समुदायको सहभागितामार्फत जल संरक्षण, जलवायु परिवर्तनसँग जुध्ने क्षमता अभिवृद्धि तथा स्थानीय पारिस्थितिक प्रणाली संरक्षण गर्ने उद्देश्यसहित परियोजना सञ्चालन गरिएको जनाइएको छ। उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान ले स्थानीय महिलालाई बिरुवा तथा रुखका बेर्ना हस्तान्तरण गरेका थिए।

कार्यक्रममा युनिलिभर नेपाल, राडो नेपाल, स्थानीय सरकार, नागरिक समाजका प्रतिनिधि तथा स्थानीय महिलासहित करिब ८५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा वातावरण संरक्षण र दिगो विकासका लागि सामूहिक सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जी ले समुदायसँगको सहकार्यबाट दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी राडो नेपालका अध्यक्ष कृष्ण धिताल ले जलवायु जोखिमसँग जुध्न समुदाय–केन्द्रित पहल आवश्यक रहेको बताए।

युनिलिभर नेपालका कानुनी प्रमुख तथा कम्पनी सचिव गोविन्द शाही ले दिगो विकासका लागि साझा जिम्मेवारी र सामुदायिक स्वामित्व महत्वपूर्ण हुने उल्लेख गरे। कार्यक्रम युनिलिभर नेपालका कारखाना प्रमुख सञ्जय भट्टाचार्य को धन्यवाद ज्ञापनसँगै सम्पन्न भएको थियो।