Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


गुण्डुमा आज पनि बस्दैछ एमाले सचिवालय बैठक


0
Shares

काठमाडाैं । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ। शनिबार बिहान साढे ११ बजे अध्यक्ष ओलीको निवास गुण्डुमा बैठक बस्नेछ।

एमाले सचिवालय बैठक शुक्रबारदेखि सुरू भएको थियो। बैठकमा सचिवालय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन्। नेताहरूले अध्यक्ष ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन्।

शुक्रबार बोल्न बाँकी रहेका सचिवालय सदस्यहरूले शनिबारको बैठकमा आफ्नो धारणा राख्नेछन्।

शनिबारको बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराईले धारणा राख्नेछन्। त्यस्तै सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, यामलाल कँडेल, हिक्मत कार्की, खगराज भट्ट, भानुभक्त ढकाल, राजन भट्टराई, शेरधन राई र महेश बस्नेतले आज धारणा राख्नेछन्।